निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ ।
तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर उपयोग गरि व्यवसायि एवम् स्वरोजगार बन्न सहभागिलाई आग्रह गर्नुभयो ।
स्वदेश होस वा विदेशमा दक्ष जनशक्ति वेरोजगार वस्नु नपर्ने हुँदा महानगरले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले तालिममा प्रत्येक घण्टाको महत्व हुने हँुदा त्यसमा सहभागि र प्रशिक्षक सचेत रहनु पर्ने आवश्यकता औल्याउनुभयो ।
पोखरा महानगरपालिका आर्थिक महाशाखा व्यापार प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सिप प्रमाणपत्रका आधारमा महानगरले दुई देखि पाँच लाखसम्म विनाधितो ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
२०७९ पुस महिनादेखि कार्यविधि निर्माण गरेर शुरु गरेको व्यवसायिक एवम् रोजगार कार्यक्रम अन्तर्गत महानगरले ३०७ जनालाई तालिम प्रदान गरि विनाधितो साता करोड ५० लाख लागनी गरेको उहाँको भनाई छ ।
उहाँका अनुसार तालिम प्राप्त युवाहरुले विशेष गरि कफिसप, कृषि, टिसुपेपर, आइटी ,नौमती बाजा, बालबालिका सहजकर्ता, सैलुन सञ्चालन, मोटरसाईकल, ट्याक्टर मर्मत लगायत बिभिन्न १३ विधामा तालीम सञ्चालन गरि ऋण लगानी गर्ने योजना रहेको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषकका लागि सरकारी स्तरबाट अनुदानमा वितरण गरिएका हाते ट्याक्टर मर्मत एवम् सञ्चालन गरेर प्रवद्र्धन केन्द्रबाट उत्पादिन जनशक्ति स्वरोजगार भई कृषि पेशामा लाग्न समेत प्रेरित गर्दै आएको बताउनुभयो ।
राइट फर चिल्ड्रेन कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमको महत्व माथि प्रकाश पार्नुभएको कार्यक्रममा व्यूटी सैलुनका प्रोपाईटर विजेन क्षेत्री र शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ का शिशिर गोदार कपाल काट्ने, फेवास, थ्रेडिङ, फिसिल लगायत विभिन्न विधामा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको महानगर प्रवद्र्धन केन्द्रका सिर्जना वस्ताकोटीले जानकारी दिनुभयो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

